रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते
एलभिभ, वैशाख ५ : रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप ६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अरु आठजना घाइते भएको पनि जानकारी दिएका छन् ।...
एलभिभ, वैशाख ५ : रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप ६ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले अरु आठजना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन्।
क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ।
'अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौं,' उनले भने।
घटनामा परेकामध्ये केही बालबालिकासमेत रहेको उनले जानकारी दिए।
प्रकाशित मिति: १७:४४ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












