Kathmandu Press

ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो

ब्रासिलिया, वैशाख ५ : ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका...
ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो

ब्रासिलिया, वैशाख ५ : ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। 

सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य सङ्कटकाल हटाइएको स्पष्ट पारे।

उनले भने, 'हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको हो।'

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाइ छ।  

तर दैनिक नयाँ सङ्क्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उनले जानकारी दिए। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ।

योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ।  
 

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, वैशाख ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्