Kathmandu Press

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सोलमा

सोल, वैशाख ५ : प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सोमबार सोल...
उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सोलमा

सोल, वैशाख ५ : प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सोमबार सोल आइपुगेका छन्।

प्योङयाङले यसवर्ष एक दर्जनभन्दा बढी आणविक परीक्षणहरु गरेको छ। गत हप्ताको अन्त्यमा भएको आणविक परीक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो।  

Hardik ivf

उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आफ्नो पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्युडुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन्।

सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उनको आगमन भएको हो। तर हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय-इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरे पनि उत्तर कोरियाले भने हात बढाएको छैन।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्