Kathmandu Press

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

काेलम्बाे, वैशाख ५ : श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्र।मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक...
आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

काेलम्बाे, वैशाख ५ : श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्।

मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन्। नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति राजापाक्षले अहिले तेस्रोपटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन्। नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन्।

यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रीपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए । 

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्।

आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ। 

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, वैशाख ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्