Kathmandu Press

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै ९० प्रतिशतले वृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै ९० प्रतिशतले वृद्धि

नयाँ दिल्ली, वैशाख ५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ हजार १५० जना सङ्क्रमित भएका छन्। 

त्यसैगरी पछिल्लो एक दिनमा १ हजार ९ सय ८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या ४ करोड २५ लाख १० हजार ७७३ पुगेको छ।

कुल सङ्क्रमित मध्ये ९८।७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, वैशाख ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्