Kathmandu Press

अफगानिस्तानलाई ३ करोड २०  लाख डलरको मानवीय सहयाता प्राप्त

अफगानिस्तानलाई ३ करोड २०  लाख डलरको मानवीय सहयाता प्राप्त

काबुल, वैशाख ५ : अफगानिस्ताले आइतबार ३ करोड २० लाख  अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ।

अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका हुन्। सोहीबमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो ।

Hardik ivf

अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो। गत वर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए।

यहाँको तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन्।

जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायतास्वरुप आर्थिक सहयोग तथा लत्ताकपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन्।

आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्