Kathmandu Press

तीन महिनामा ६ जनालाई गोहीले खायाे

दार एस सलाम, वैशाख ५ : तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा ६ जनालाई गोहीले खाएको छ।यहाँका अधिकारीहरुले...
तीन महिनामा ६ जनालाई गोहीले खायाे

दार एस सलाम, वैशाख ५ : तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा ६ जनालाई गोहीले खाएको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदीकिनारमा कामका सिलसिलमा पुगेका बेला उनीहरुलाई गोहीले आक्रमण गरेको हो।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो।

यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए। उनले गोहीले आक्रमणमा परी मृत्यु भएका ६ जनामध्ये आफ्ना पिता पनि एक भएको बताए।

उनले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए। 

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, वैशाख ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्