Kathmandu Press

‘पाकिस्तानी आक्रमण’मा अफगानिस्तानमा मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुग्यो

काबुल, बैशाख ४ : पूर्वी अफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले...
‘पाकिस्तानी आक्रमण’मा अफगानिस्तानमा मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुग्यो

काबुल, बैशाख ४ : पूर्वी अफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले आइतबार बताएका छन्।

खोस्टका सूचना तथा संस्कृति निर्देशक शबीर अहमद उस्मानीले शनिबार भएको हमलाका बारेमा एएफपीसँग भने, 'खोस्ट प्रान्तको डुरन्ड लाइन नजिकै पाकिस्तानी सेनाद्वारा हवाई आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ४१ व्यक्ति मारिएका छन्। अन्य २२ जना घाइते भएका छन्।'

अन्य दुई अधिकारीले पनि खोस्टमा मृत्यु हुनेको उक्त सङ्ख्यालाई पुष्टि गरेका छन्। उनीहरूले शनिबार कुनार प्रान्तमा छ जनाको मृत्यु भएको बताए।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, वैशाख ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्