इनासको ग्लोबल अध्यक्षमा अभिनेत्री दाहाल र एसिया संयोजकमा गीतकार अधिकारी
काठमाडौं, असोज २७ : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट ग्लोबल अध्यक्षमा अभिनेत्री कमला दाहाल र एसिया संय....

काठमाडौं, असोज २७ : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट ग्लोबल अध्यक्षमा अभिनेत्री कमला दाहाल र एसिया संयोजकमा गीतकार लोकराज अधिकारी चयन भएका छन।
काठमाडौमा आइतबार सम्पन्न सम्मेलनले गीतकार अधिकारीलाई सर्बसम्मत एसिया संयोजकमा चयन गरेको हो। अधिकारी दुई दशकदेखि नेपाली गीत–संगीतमा क्रियाशिल सर्जक हुन।
विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल रहेको इनासले नेपाली कला, साहित्य, चलचित्र, गीत–संगीतको प्रजर्द्धनसँगै सामाजिक कार्य गर्दै आइरहेको छ।
त्यस्तै, इनासको ग्लोबल अध्यक्षमामा निर्वाचित भएसँगै अभिनेत्री दाहालले काठमाडौंमा इनासको आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन।
त्यसैगरी, सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरूमा साबु गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिवमा मनिष कुमार श्रेष्ठ चयन भएका छन्। सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा, युरोप संयोजकमा सन्त कुमार थापा, अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे निर्वाचित भएका छन्।
सोमबार काठमाडौंमा छैटौं इनास चलचित्र अवार्ड पनि आयोजना गरिँदै छ।












