Kathmandu Press

फिलिपिन्स बाढीपहिरो : ११० जनाको अवस्था अज्ञात

फिलिपिन्स बाढीपहिरो : ११० जनाको अवस्था अज्ञात

मनिला, वैशाख ४ : फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ।  

उनीहरुको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरुले जनाएका छन्। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरु र स्थानीयवासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा कम मात्र  रहेको जनाइएको छ। 

यद्यपी यस बाढी पहिरोको कारण परी आइतबारसम्म ज्यान गुमाउनेको संख्या १७० भन्दा बढी पुगेको छ। मेगी आँधीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ। 

यसवर्ष फिलिपिन्समा आएको शक्तिशाली आँधीले केही दिनमा हजारौैँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ।

जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, वैशाख ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्