Kathmandu Press

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

सियाेल, वैशाख ४ : दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या...
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

सियाेल, वैशाख ४ : दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन्। 

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० ले जानकारी  दिएको थियो। यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो। यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।   

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ। यो संख्या दक्षिण कोरियाको  कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ। 

प्रकाशित मिति: १५:४० बजे, आइतबार, वैशाख ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्