Kathmandu Press

इथियोपियाले चार्टड विमानमार्फत् साउदी अरेबियाबाट फर्कायो हजारौं नागरिक

इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ ।
इथियोपियाले चार्टड विमानमार्फत् साउदी अरेबियाबाट फर्कायो हजारौं नागरिक

अदिस अबाबा, वैशाख, ४ः इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने पनि बताएका छन् ।

Hardik ivf

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया गएको बताइएको छ । यसैकारण इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

गत मार्च महिनामा इथोपियाली सरकारले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

पछिल्ला केही महिनायता इथियोपियाले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान थालेको छ । इथियोपियाका सबैभन्दा धेरै नागरिक साउदी अरेबियामा रहेको बताइएको छ ।

इथियोपियामा केही वर्ष यता जारी द्वन्द्वको कारण संकट झन् गहिरिएको छ । विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् ।

रासस

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्