Kathmandu Press

फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

मनिला, वैशाख ३ : फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ।सरकारी अधिकारीहरूले दिएको जानकारी...
फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

मनिला, वैशाख ३ : फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन्। उनीहरूको तिव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन्।

Hardik ivf

ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्‌सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ। मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ।

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ। जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन्।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौँ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ।

घटनास्थलमा राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि स्थलगत अवलोकन गरेका छन। उनले खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै पीडितहरूलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन।

प्रकाशित मिति: २०:०८ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्