Kathmandu Press

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दावी

किभ, बैशाख  ३ : रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ।युक्रेनका...
रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दावी

किभ, बैशाख  ३ : रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी गरेका हुन।

सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन्।

घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए।

मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।

झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ। सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भएपनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ।

अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: १९:४१ बजे, शनिबार, वैशाख ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्