जेरुसेलमको बिग्रँदाे सुरक्षा अवस्थाप्रति राष्ट्रसंघ महासचिव चिन्तित
काठमाडाैं, वैशाख ३ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास...
काठमाडाैं, वैशाख ३ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।
जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।
यसैबीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरूसँग नजिकको सम्पर्कमा कायम राखेका छन्।
गुटेरेसले संयुक्त राष्ट्रसंघका सान्दर्भिक प्रस्ताव, अन्तरराष्ट्रिय कानुन र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको विज्ञप्तिमा जनाइएको छ।












