Kathmandu Press

फिलिपिन्समा पहिरो, बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

अबुयोग, बैशाख २ : फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ।यस वर्ष फिलिपिन्समा शक्तिशाली...
फिलिपिन्समा पहिरो, बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

अबुयोग, बैशाख २ : फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ।

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ।

धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ।

मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित परेसहित यहाँ हरेक बर्ष आँधीले तहसनहस पारेको छ। जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन्।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ।

अबुयोग मेयर लेमुएल ट्रेयाले एएफपीसँग १०० भन्दा बढी हराइरहेका र अरू कसैलाई जीवित भेट्टाउने आशा मरिसकेको बताए।

प्रकाशित मिति: २०:४० बजे, शुक्रबार, वैशाख २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्