Kathmandu Press

भारतमा कोराेना सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

नयाँ दिल्ली, वैशाख २ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ।पछिल्लो २४ घण्टामा देशभर...
भारतमा कोराेना सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

नयाँ दिल्ली, वैशाख २ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सक्रङ्मण भएपछि  कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको  स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ।

अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ। ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ।  

हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्