Kathmandu Press

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

संयुक्त राष्ट्रसंघ, वैशाख २ : संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ। यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन...
संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

संयुक्त राष्ट्रसंघ, वैशाख २ : संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ। यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग गर्ने भएको हो।

यमनमा संयुक्त राष्ट्र संघको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) गठन गरिएको र सो परिषदमार्फत शान्ति प्रक्रियाका लागि पहल गरिने भएको हो।

Hardik ivf

यसैबीच यमनका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) लाई आफ्नो शक्ति हस्तान्तरण गरेका छन्। उनले गरेको सो शक्ति हस्तान्तरणको प्रक्रियाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि स्वागत गरेको छ।

विभिन्न सञ्चारमाध्यमहरुले यमनका राष्ट्रपतिले सो पिएलसीलाई शक्ति हस्तान्तरण गरेकामा सुरक्षा परिषदले स्वागत गरेको बताएका छन्। सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ। यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ।

सोही परिषदमार्फत् यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले पनि पहल गर्ने जनाएको हो। सो पिएलसीले यहाँका राजनीतिक दलहरुको सहभागिता र समन्वयमा राजनीतिक संकट समाधानका लागि काम गर्नेछ। यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ।

संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिहरुलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ। यहाँ केही वर्ष यतादेखि राजनीतिक संकट बढ्दै गएको छ। जसका कारण यहाँ हिंसा समेत जारी रहेको बताइएको छ। यस पिएलसीले यहाँको द्वन्द्वकाे समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीहरुसँग वार्ता अघि बढाउने बताइएको छ।

शान्तिपूर्ण रुपमा यहाँका समस्याहरुको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ। उक्त परिषदले यमनमा जारी रहेको मानवीय संकटको समाधानका लागि पनि आवश्यक पहल गर्ने जनाएको छ।

यहाँ खाद्यान्न लगायतका अन्य न्यूनतम आवश्यकताको परिपूर्ति पनि हुन नसक्दा मानवीय संकट परेकाले त्यसको समाधानका लागि संयुक्त राष्ट्रसंघ र यमनको सरकारलाई आग्रह गर्ने जनाएको छ।  

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्