Kathmandu Press

डच अदालतद्वारा सन् १९८० का अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

द हेग, बैशाख १ : डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै...
डच अदालतद्वारा सन् १९८० का अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

द हेग, बैशाख १ : डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ।

अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाँय तोकिएको छ,' न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने, 'यि युद्ध अपराध हुन्।'

Hardik ivf

न्यायाधीश कोलले भने, '७६ वर्षीय राफीफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुब्र्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ।'

उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए।

सिरिया र अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो।

सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो पछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए।

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्