Kathmandu Press

शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत

संयुक्त राष्ट्रसंघ, वैशाख १ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यमनमा भएको शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत गरेको छ। सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत...
शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत

संयुक्त राष्ट्रसंघ, वैशाख १ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यमनमा भएको शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत गरेको छ। सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ।

यहाँका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) लाई आफ्नो शक्ति हस्तान्तरण गरेकामा उक्त परिषदले स्वागत गरेको बताइएको छ।

Hardik ivf

यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ।

सो पिएलसीले यहाँका राजनीतिक दलहरुको सहभागिता र समन्वयमा राजनीतिक संकट समाधानका लागि काम गर्नेछ। यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ।

संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिहरुलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ। यहाँ केही वर्ष यतादेखि राजनीतिक संकट बढ्दै गएको छ।

जसका कारण यहाँ हिंसा समेत जारी रहेको बताइएको छ। यस पिएलसीले यहाँको द्धन्द्धको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीहरुसँग वार्ता अघि बढाउने बताइएको छ।

शान्तिपूर्ण रुपमा यहाँका समस्याहरुको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ।

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्