Kathmandu Press

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

मनिला, वैशाख १ : फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी)...
फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

मनिला, वैशाख १ : फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ।

प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको संख्या  भने  ९ लाख २० हजारभन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण १ सय ६२ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन्।

आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, वैशाख १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्