Kathmandu Press

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

मस्को, वैशाख १ : रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ। 'अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च...
रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

मस्को, वैशाख १ : रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ। 

'अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा राज्य डुमाका ३२८ सांसदविरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को लहर'को प्रतिक्रियाका रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ।  

रुस युक्रेन युद्धका बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकाेप्टरसहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो। यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरूविरुद्ध आफूलाई बचाउन मद्दतका लागि अपिल गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको हो ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, वैशाख १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्