Kathmandu Press

बहराइनका सभामुखसँग नेपाली राजदूतको भेटघाट  

काठमाडौं माघ २२ : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आइतबार बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग भेट गरेका छन....

बहराइनका सभामुखसँग नेपाली राजदूतको भेटघाट  
नेपाली राजदुतावास बहराइन

काठमाडौं माघ २२ : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आइतबार बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग भेट गरेका छन्  । 
भेटका अवसरमा दुई देश बीचका सम्बन्धका विविध पक्षहरुमा छलफल भएको बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

भेटमा सभामुख जइनलले बहराइनले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको बताइन् । राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन राजनीतिक तहमा भ्रमण आदान प्रदान गर्नु पर्ने बताए । बहराइनको राष्ट्रिय ध्वजावाहक गल्फ एअरले नेपालसँग सीधा उडान गर्न सके दुई देश बीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप दरिलो हुने उनले बताए । राजदूत सुन्दासले जइनललाई बहराइनको प्रतिनिधि परिषदको सभामुखमा नियुक्त भएकोमा बधाइ पनि दिए । 
 

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्