नाइजेरियाली प्रान्त बन्युमा हतियारधारीकाे आक्रमणमा २३ जनाको मृत्यु
लागोस, चैत ३० : मध्य नाइजेरियाली प्रान्त बन्युमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले...
लागोस, चैत ३० : मध्य नाइजेरियाली प्रान्त बन्युमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ।
उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए। उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए। बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताउनु भएको छ। त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो।
सोमबार राति भएको सो आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ।
एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ ।












