Kathmandu Press

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

मस्को, चैत ३० : एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन्।

आज (बुधबार) १ हजार २६  युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जानकारी दिएको रुसको रक्षा मन्त्रालयले जनाएको छ। ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए। 

ती सैनिकले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो। 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, चैत ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्