Kathmandu Press

दुई तिहाइ सुडानी खाद्य असुरक्षाको समस्यामा

संयुक्त राष्ट्रसंघ, चैत ३० : संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहा जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ।आगामी महिनामा यहाँका करिब ७७...
दुई तिहाइ सुडानी खाद्य असुरक्षाको समस्यामा

संयुक्त राष्ट्रसंघ, चैत ३० : संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहा जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ।

आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो। संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ।

उक्त तथ्यांकका अनुसार यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदायसमक्ष सहयोगको अपिल पनि गरेको छ।

सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ। यहाँ खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, चैत ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्