Kathmandu Press

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

लण्डन, चैत २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ।

लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

Hardik ivf

घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो।

प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ।

'जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,' एक सरकारी अधिकारीले मङ्गलबार भने।

देशभरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा उहाँले नियम उलङ्घन गरेको प्रहरीको भनाई छ ।

प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ।

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गरेका हुन। प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उनको आरोप छ।

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्