Kathmandu Press

दक्षिण अफ्रिकामा बाढीका कारण २० को मृत्यु

जोहानसबर्ग, चैत २९ : दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको...
दक्षिण अफ्रिकामा बाढीका कारण २० को मृत्यु

जोहानसबर्ग, चैत २९ : दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।

देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ।

बाढीका कारण अन्य धेरै भौतिक संरचनाहरूको समेत क्षति भएको प्रान्तीय सरकारका उच्च अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

उनीहरूका अनुसार मङ्गलबार बिहान कम्तीमा २० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अरु केही बेपत्ता भएको आशंका गरिएको छ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास भइरहेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

अत्यधिक वर्षाका कारण सडक सेवा, सञ्चार तथा विद्युत सेवामा समेत समस्या सृजना भएको उनीहरूले जनाएका छन्।

'हाम्रो खोजी तथा उद्धार टोली घटनास्थलमा निरन्तर खटिएको छ, टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको छ भने अवरुद्ध भएका सेवा सुचारु गराउने प्रयास पनि भइरहेको छ,' एक प्रहरी अधिकारीले भने।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, चैत २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्