Kathmandu Press

नवलपरासीमा जीप दुर्घटना, एकको मृत्यु

बुलिङटार, असोज २५ : नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घ....

नवलपरासीमा जीप दुर्घटना, एकको मृत्यु
सांकेतिक

बुलिङटार, असोज २५ : नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारका क्रममा पोखरा मनिपाल कलेजमा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।

दुर्घटनामा परी देवचुली–१०, बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोख्रेल घाइते भएका छन्। घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो। जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, असोज २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्