राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशत बढी मतसहित अगाडि
पेरिस, चैत २८ : फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको...
पेरिस, चैत २८ : फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ।
म्याक्रोनसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छिन्।
त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन्। फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ।
“म समाजवादीे एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, र कम्युनिस्ट फाबियन र उसेललाई आज राती उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु,“ उहाँले मतदानपछिको भाषणमा भन्न् भएको छ।
प्रकाशित मिति: १५:१७ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












