Kathmandu Press

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान, चैत २८ : जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन्।उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा...
जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान, चैत २८ : जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन्।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लागेका हुन्।

Hardik ivf

यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिक रुपमा जर्मनी प्रस्थान गरेको बताएको छ।

उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा शपथ लिएका छन्।

कोर्टले विज्ञप्तिमार्फत त्यसबारे आइतबार जानकारी दिएको छ। राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उनलाई शपथ गराएको हो।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्