Kathmandu Press

जर्मन चान्सलर र युक्रेनी राष्ट्रपति फोनवार्ता

जर्मन चान्सलर र युक्रेनी राष्ट्रपति फोनवार्ता

किभ, चैत २८ : युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा पक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ।

Hardik ivf

युक्रेनी राष्ट्रपति जेलिन्स्किीले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको छ। उनले आफूले जर्मन चान्स्लरसँग फोनमा वार्ता गरेको र त्यस विषयमा युक्रेनको रक्षा र युक्रेनका लागि आर्थिक सहयोग गर्ने विषयमा कुराकानी भएको बताएका छन्।

उनीहरुका बीचमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउने विषयमा पनि कुराकानी भएको थियो। रुसले युक्रेनमाथि गरेको भौतिक हमलाले गर्दा युक्रेनको अवस्था निकै कमजोर भएको बताइएको छ।

रुसको हमलाबाट युक्रेनको राजधानी किभ शहर क्षतविक्षत भएको छ। रुस र युक्रेनले यी दुई देशबीचको तनावलाई कम गर्न वार्ता गरेका छन्।

यसको राजनीतिक समाधान खोजिने उनीहरुले बताएका छन्। विश्व समुदायले नै रुसले युक्रेनमाथि गरेको हमलाको विरोध गरिरहेको छ। रुस युक्रेन हमलाको पूर्ण समाधान भने निस्किएको छैन। अहिले आक्रमण राृेकिएको छ तर दिगो समाधान हुन सकेको छैन।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्