माछापुच्छ्रे बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, असोज २४ : माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
शुक्रबार पोखरामा भएको २१ औँं वार्षिक साधारण सभाल....

काठमाडौं, असोज २४ : माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
शुक्रबार पोखरामा भएको २१ औँं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले चुक्ता पूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी २७० स्थानवाट सेवा संचालन गर्दै आएको छ।










-1754206481.jpg)
