Kathmandu Press

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

पाकिस्तान, चैत २७ : इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि...
पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

पाकिस्तान, चैत २७ : इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।

सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि  इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ।

Hardik ivf

कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए। मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का सदस्यहरू उपस्थित थिएनन्।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ।

उनले सोमबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का अध्यक्ष शेहबाज शिरफ, जो हाल नेसनल एसेम्बलीमा विपक्षी नेता छन्। आगामी प्रधानमन्त्री उनी बन्ने  निश्चितप्रायः छ।

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्