Kathmandu Press

आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्छु : ट्रम्प

वासिङ्टन, चैत २७ : एएनआई÷स्पुतनिक०ः पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिन सक्ने बताएका छन्।यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक...
आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्छु : ट्रम्प

वासिङ्टन, चैत २७ : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिन सक्ने बताएका छन्।

यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन। 'सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुईपटक जितें, मैले पहिलोपटक भन्दा दोस्रोपटक धेरै राम्रो गरें। र, अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुन सक्छ,' ट्रम्पले भने।

Hardik ivf

'के यहाँ कोही छ, जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ?' सेल्मा उत्तरी क्यारोलिनामा शनिबारको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे।

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई 'एकपछि अर्को अपमानजनक आत्मसमर्पण' गरेको आरोप लगाएका छन्। उनले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याएका छन्।

मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेसलाई भनेको थिए, 'यदि अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनु हुन्थ्याे।

यस महिनाको सुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प  सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याच अपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुवैभन्दा अगाडि भएको देखाएको थियो।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्