Kathmandu Press

तेस्राे राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडाैं, चैत २६ : लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिका बारेमा सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको...
तेस्राे राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडाैं, चैत २६ : लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा विसंगतिबारे सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेस्राे राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ।

स्वावलम्बन विकास केन्द्रले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने जानकारी दिएको हो। प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट ८ सय जना सहभागी हुने केन्द्रले जनाएको छ।

पत्रकार सम्मेलनमा सम्मेलन केन्द्रका अध्यक्ष एवं आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे। उनले ग्राहक सदस्यहरुलाई सरल र सुलभ सेवा दिनका लागि सम्मेलनले प्रेरित गर्ने उल्लेख गरे।

हाल मुलुकभर करिव ७९ लघुवित्त र १५० सहकारीले ७७ जिल्ला पुगेर सेवा प्रभाव गरिरहेको केन्द्रले जनाएको छ। लघुवित्त क्षेत्रबाट ४ सय ३० अर्व बढी कर्जा लगानी रहेको छ भने तीन बर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरिएको पनि केन्द्रले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्