Kathmandu Press

युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा

युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा

बुचा, चैत २६ :  युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छन्।

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ। युक्रेनको बुच भन्ने सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उहाँले स्थलगत अवलोकन गरेकी हुन्। 

Hardik ivf

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिए। उनले घटनास्थलमा मानव अधिकारको चरम उल्लंघन भएको र मानवीय संकट रहेको पनि बताइन्।

बुचमा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नुपर्नेमा पनि उनले जोड दिइन्। अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भर्त्सना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरिन्।

'यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्दछ,' उनले भनिन्। रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरेको छ। आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौंको मृत्यु भइसकेको दाबी गरिएको छ। 

रुसले आक्रमण गरेर गलत गरेको भन्दै विश्वभरीबाट विरोध भएको छ भने तत्काल वार्तामार्फत विवाद अन्त्य गर्न सबै पक्षले अनुरोध पनि गर्दै आएका छन्। 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्