Kathmandu Press

यमनमा युद्धविरामका लागि राष्ट्रसंघको आग्रह

यमनमा युद्धविरामका लागि राष्ट्रसंघको आग्रह

साना, चैत २६ : संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन्।

यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका थिए।

यमनमा मारिबमा पछिल्लो समयमा हिंसा सुरु भएको छ। त्यसैले उक्त क्षेत्रमा हिंसा मच्चाइरहेका समूहहरुलाई द्धन्द्ध त्यागेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न विशेष दूत ह्यान्सले अपिल गरेका हुन्।

यमनमा दक्षिण मारिब प्रान्तको एक जिल्लामा बिहीबार र शुक्रबार भीषण द्धन्द्ध भएको थियो। त्यसमा परेर कैयौँ मानिसको ज्यान गएको थियो।

सो हिंसालाई त्याग्न र युद्धविराम गरेर शान्तिपूर्ण माध्यमबाट हरेक समस्याको समाधान खोज्न पनि यस अवसरमा आग्रह गरिएको थियो।यसअघि पनि महासचिव गुटर्रेसले केही महिना अघि मात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताउनुभएको थियो।

संयुक्त राष्ट्रसंघले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा काम गर्नुपर्ने बताएको थियो। 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, चैत २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्