Kathmandu Press

६० लाख सोमालियाली खाद्य संकटमा : राष्ट्रसंघ

६० लाख सोमालियाली खाद्य संकटमा : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, चैत २६ : संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ।

खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल पनि गरेको छ। त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य संकट परेको जनाइएको छ।

Hardik ivf

यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। अहिले भने यही अप्रिलदेखि जुलाई महिनासम्ममा कम्तीमा पनि ६० लाख मानिस खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताको अभावमा पर्ने समस्या देखिएको बताएको छ।

जसका कारण यहाँका ६० लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ। सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन्।

यो वर्ष नै अप्रिलदेखि जुलाई सम्ममा नै ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो। यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन्।

संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजकले यहाँका कम्तीमा पनि ६० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको यसअघि नै बताएका थिए।

सोमालियाको सरकारले संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो।

सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ।

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्