एमाले गलत व्यक्तिको कब्जामा गएपछि नयाँ पार्टी खोल्नुपर्याे : नेपाल
काठमाडाैं, चैत २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन्।शनिबार काठमाडौंमा दोलखा-काठमाडौं सम्पर्क...
काठमाडाैं, चैत २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा दोलखा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दावी समेत गरे। उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको बिजोग अवस्था बनेकाे टिप्पणी गरे।
त्यस्तै नेपालले आफू एमालेमा रहँदा निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरु कसैले लिन खोजेको बताए। अहिले आफूहरुलाई अरुको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनको भनाइ छ।
उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउन इमान्दारीपूर्वक जनतामाफ जान सुझाव दिए।
प्रकाशित मिति: १४:३० बजे, शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











