Kathmandu Press

रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, चैत २६ : सरकारले राम नवमीका अवसरमा भाेलि (आइतबार) सार्वजनिक बिदा दिएको छ।गत बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णयअनुसार आज (शनिबार) गृह मन्त्रालयले...
रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, चैत २६ : सरकारले राम नवमीका अवसरमा भाेलि (आइतबार) सार्वजनिक बिदा दिएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णयअनुसार आज (शनिबार) गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर सार्वजनिक बिदा घोषणा गरेको हो।

'२०७८ चैत २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट मिति २०७८ चैत २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ।

हरेक वर्ष चैत्र शुक्ल नवमी तिथिमा रामनवमी मनाउने गरिन्छ।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्