Kathmandu Press

मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयाे : ओली

काठमाडाैं, चैत २६ : एमालेका अध्यक्ष केपी ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाएका छन्।शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी...
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयाे : ओली

काठमाडाैं, चैत २६ : एमालेका अध्यक्ष केपी ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाएका छन्।

शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाएका हुन्।

उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इसारामा समिति गठन गरिएको आरोप लगाए। त्यस्तै ओलीले सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धका घाइतेहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको समेत तर्क गरे।

ओलीले राजनीतिक दलहरूसँग छलफल नगरी, सत्तापक्षीय दलहरूसँग मात्रै परामर्श गरेर नेपालको इतिहासमा पहिलोपटक निर्वाचन आयोगले आचारसंहिता ल्याएको बताए। आयोगले आचारसंहिता नमान्नेलाई जुनसुकै होस कारबाही गरिन्छ, भनेर थर्काएको समेत उनले बताए।

उनले निष्पक्ष भएर काम गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण पनि गराए। कार्यक्रममा विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो। 

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्