कांग्रेसले बनायाे प्रवास समन्वय प्रचारप्रसार उपसमिति, कुनकुन देशबाट काेकाे परे?
काठमाडाैं, चैत २६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ।कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण...
काठमाडाैं, चैत २६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ।
कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २०७८ चैत २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीहरुमार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचारप्रसार अभियानलाई व्यापक पार्न सो उपसमिति गठन गरिएको हो।
कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रवासमा रहेका नेपालीमार्फत प्रचारप्रसार गर्न ८४ सदस्यीय उपसमिति बनाइएकाे हाे। सोही उपसमितिअन्तर्गत अमेरिकामा बस्दै आएका गाैतम दाहालकाे संयाेजकत्वमा १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल पनि गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
कुनकुन देशबाट काेकाे परे?















