Kathmandu Press

भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

नयाँ दिल्ली, चैत २६ : कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झन्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन्।  सरकारी अधिकारीहरूले शनिबार दिएको...
भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

नयाँ दिल्ली, चैत २६ : कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झन्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन्।  

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 

Hardik ivf

भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। 

महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ।  

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ।  
 

प्रकाशित मिति: १३:१४ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्