Kathmandu Press

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

न्युयोर्क, चैत २६ : अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ।घटनामा परी अरु दुईजना घाइते समेत भएको सरकारी...
अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

न्युयोर्क, चैत २६ : अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ।

घटनामा परी अरु दुईजना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।  

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समय अनुसार राति १.४५ मा घटना भएको हो। 

घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो। 

त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, चैत २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्