चितवन पुगेर प्रचण्डले भने– हरेक हिसाबले साइकल उपयोगी छ
चितवन, चैत २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक हिसाबले साइकल उपयुक्त भएको बताएका छन् । चितवनको नारायणी किनारमा साइक्लिङ म्याराथन प्रतियोगिता...
चितवन, चैत २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक हिसाबले साइकल उपयुक्त भएको बताएका छन् । चितवनको नारायणी किनारमा साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको बताए ।
‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ,’ अध्यक्ष प्रचण्डले भने। कार्यक्रममा उनले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै सहभागी सबैलाई शुभकामना पनि दिए।
प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आयोजना गरेको प्रतियोगितामा इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष गरी पाँच विधामा प्रतिस्पर्धा हुने संयोजक शन्तकुमार दरैले बताए।
करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने छ । नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ । क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।











