स्थानीय निर्वाचनमा कर्णालीमा दलको संख्या सबैभन्दा कम
सुर्खेत, चैत २६ : आसन्न स्थानीय निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा न्यून देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा...
सुर्खेत, चैत २६ : आसन्न स्थानीय निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा न्यून देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन्।
सुर्खेतमा विभिन्न २५ दल स्थानीय निर्वाचनमा भाग लिने छन् भने डोल्पामा मान्यता ११ दल प्रतिस्पर्धामा छन्। सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त ६ दल र १९ साना दल चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन् ।
कर्णालीका अन्य जिल्लामा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यलय प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।











