Kathmandu Press

आज देशभर चैते दशैं मनाइँदै

काठमाडौं, चैत २६ : आज देशभर धुमधामसँग चैते दशैँ मनाइँदै छ।हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाउने...
आज देशभर चैते दशैं मनाइँदै

काठमाडौं, चैत २६ : आज देशभर धुमधामसँग चैते दशैँ मनाइँदै छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाउने गरिन्छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाइन्छ।

अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको किवंदन्ती छ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुनेगर्छ। काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ।

प्रकाशित मिति: ०८:१० बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्