कस्तो छ आगामी तीन दिनको मौसम?
काठमाडौं, चैत २६ : स्थानीयसँग पश्चिमी वायुको प्रभावले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।विभागका अनुसार हाल...
काठमाडौं, चैत २६ : स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भएको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
आज राति पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, सोमबार देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।











