Kathmandu Press

वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढ्यो

काठमाडौं, चैत २५ : बागमती प्रदेशमा ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ देखि लागू...
वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढ्यो

काठमाडौं, चैत २५ : बागमती प्रदेशमा ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ देखि लागू हुनेगरी भाडा बढाएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ । 

प्रकाशित मिति: २०:५२ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्